• गृहपृष्ठ
  • जनयोग सहकारीले बचतकर्ताको करोडौं रकम हिनामिना, सञ्चालक सम्पर्कविहीन

जनयोग सहकारीले बचतकर्ताको करोडौं रकम हिनामिना, सञ्चालक सम्पर्कविहीन

Jan 19th, 2024

काठमाडौं, माघ ५

बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौं महानगरपालिका -३२ स्थित पेप्सीकोलाको जनयोग सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । 

सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् । उनीहरुले बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेका थिए । सहकारीका कर्मचारीहरू पुस २६ गतेपछि बचत सङ्कलन गर्न हिँड्न छाडेका थिए । 

सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौं महानगरपालिकामा मंगलबार मुद्दा दायर गरेका हुन् । बचतकर्ताका अनुसार सहकारीका दाजु बहिनी करिब २० करोड रकम लिएर फरार भएका हुन् ।