सुनचाँदीको मुल्यमा भारी गिरावट

Jan 17th, 2024

काठमाडौं, माघ ३

आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।