• गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा माघ महिनाभरी बाथरोगको जागरण अभियान

काठमाडौं उपत्यकामा माघ महिनाभरी बाथरोगको जागरण अभियान

Jan 17th, 2024

काठमाडौं, माघ ३

बद्री तीर्थ आरथ्राईटिस समाज तथा नेशनल बाथरोग सेन्टरले संयुक्त रुपमा बाथरोगको जागरण अभियान सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाका उमप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा आज बाथरोगको निराकरणका लागि उक्त कार्यक्रमको शुभारम्भ भएको हो ।

उक्त कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्वास्थ्य क्षेत्रको पहुँच बढाउन का.म.पा. ले महानगरका वडाहरुमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने काम भइरहेको बताएकी छन् । उनले भनीन्, “बाथरोग सम्बन्धी व्यापक जनचेतना फैलाउन आवश्यक छ । यस कामलाई निरन्तरता दिन र आरथ्राईटिसका कार्यक्रम गर्न स्थापना हुने भएको केन्द्रमा सम्बन्धीत व्यक्तिलाई स्वागत गर्छु ।” उक्त स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रहेर बाथरोग बारेको कार्यक्रम गर्नका लागि प्रस्ताव बनाएर आउन डंगोलले आग्रह समेत गरेकी छन् ।

सो अवसरमा बोल्दै सेन्टरका प्रबन्ध निर्देशक डा.रोशन कक्षपतिले संस्थाले गर्ने सो कार्यक्रमका लागि संघसंस्थाका साथै सरकारी निकायबाट सहयोग पाउने अपेक्षा गरेको विचार सुनाए ।

नेशनल बाथ रोग सेन्टरका अध्यक्ष डा. बिनित बैद्यले बाथ रोग लागेको कुरा समयमै पहिचान गरी उपचार गर्न सफल हुँदा न्यूनीकरणमा सहयोग पुग्ने जिकिर गरे ।

नशा रोग विशेषज्ञ डा. दिपेश शाक्यले बाथ शरिरको जुनसुकै अंगमा हुनसक्ने बताउँदै आफूहरुँग उपचार गराउन आउने सो रोगका बिरामीमध्येका ५० प्रतिशत मानिस नशामा बाथले छाएको लक्ष्यण बोकेर मात्रै अस्पताल आउने गरेका जानकारी गराए ।

बाथ रोग विषेशज्ञ डा. स्वेता नकर्मीले बाथलाई सुरुवाती अवस्थामा नै पहिचान तथा उपचार गर्न सकेको खण्डमा उक्त रोगको जटिलताबाट जोगिन सकिने दाबी गरिन् ।

सो अवसरमा प्रा.डा रामबृक्ष साहूले आर्थराइटिस र ज्येष्ठ प्राध्यापक समाजको सहकार्यमा सो रोगको अध्ययन तथा अनुसन्धनमा पु¥याएको योग्दानको मुल्यांकन गरी स्वर्गीय तिर्थान्द वैद्यको स्मृतिमा स्थापित तिर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत नगद पुरस्कार सहित सम्मान प्राप्त गरे ।

सेन्टरले माघ महिनाभरी उपत्यकाका विभिन्न स्थानहरुमा सो रोग सम्बन्धि सचेतका साथै फोटो प्रदर्शनी एवं रोग पहिल्याउने निःशुल्क रगत परिक्षण तथा परामर्श समेत गर्ने भएको छ ।