• गृहपृष्ठ
  • नेपाल डेरी एसोसिएसनको २५औं वार्षिक साधारण सभा माघको ७ गते हुने

नेपाल डेरी एसोसिएसनको २५औं वार्षिक साधारण सभा माघको ७ गते हुने

Jan 16th, 2024

ललितपुर, माघ २
नेपाल डेरी एसोसिएसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारण सभा माघको ७ गते काठमाडौंमा हुने भएको छ । आज नेपाल डेरी एसोसिएनको रजत जयन्ती तथा २५औं वार्षिक साधारण सभाको अवसरमा पमत्रकार सम्मेलन गरेको हो ।

यस एसोसिएसनको प्रमुख उद्देश्य भनेको दुग्ध प्रशोधन व्यवसायीहरुको सामुहिक व्यवसायीक हक, हित, सुरक्षा र उन्नतिका लागि काम गर्नु रहेको छ । उद्यागीहरुको सुझाव, समस्या, गुनासाहरु छलफल गरी सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्न प्रतिनिधित्त्व गर्ने हो । दुग्ध प्रशोधनहरुको प्रवर्द्धन, विकास र संरक्षणको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने हो । व्यवसाय प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्था, निकाय वा संगठनहरुसँग सहकार्य गरी नयाँ उत्पादन, नयाँ प्रविधिको अनुसन्धान तथा विकास गर्न व्यवस्था मिलाउनु एवं समन्वय गर्नु हो । स्वच्छ तरिकाबाट दुध तथा दुग्ध पदार्थ प्रशोधन, उत्पादन, बजार व्यवस्थापन र व्यापारिकरण गर्न व्यवसायीहरुको ज्ञान अभिवृद्धि गर्ने आदि विभिन्न अन्य वातावरण संरक्षणका लागि प्रशोधन तहमा सल्लाह सुझाव लगायत व्यवसायीहरुको विभिन्न किसिमका हितमा काम गरेको छ ।

यस एसोसिएसनका अध्यक्ष प्रल्हाद दहालले एसोसिएसनका कुनै सदस्यले लामो समयसम्म किसानहरुको पैसा तिरेन भने एसोसिएसनमा सम्र्पकमा आएर सहयोग गर्ने बताए । उनले भने – ‘किसानहरुको पैसा जसरी भए पनि तिर्नुपर्छ, अहिलेसम्म बढीमा ४ महिनासम्म पैसा तिर्नमा ढिला भएको छ ।’

अध्यक्ष दाहालले कृषि क्षेत्रको प्रवर्द्धन र उन्नतिको लागि डेरी क्षेत्रले ठूलो भुमिका निर्वाह गरेको कुरा सबैले हृदयगम गर्दै भविष्यमा उद्योगी र कृषकहरुको आपसी हित र संरक्षणका लागि अनवरत रुपमा रहने संकल्प गर्दै विविध तह र तप्कामा रहेका डेरी उद्योगी साथीहरुलाई स्विकार्दै गर्दै काँधमा काँध मिलाई अगाडी बढौं भन्ने आग्रह गर्दै मिठा मिठा कुराहरुमा नअल्झि तितो भए पनि काम गर्दै अगाडी बढ्न आग्रह गरेको छ ।

सो अवसरमा एसोसिएसनका पूर्व अध्यक्ष सुमित कोडियाले कृषि क्षेत्रमा दुग्ध क्षेत्रको विशेष महत्व रहेको बताउँदै आफूहरुसँग बटर र पाउडर राख्ने स्थानको अभाव हुँदा किसानलाई भुक्तानि दिन नसकिरहेको गुनासो गरे ।

यस एसोसिएसन देशभरै २७५ सदस्यहरु रहेको र ७ प्रदेश १५ जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरेर अगाडि बढिरहेको जानकारी दिए । एसोसिएसनको “रजत जयन्ती” एवं वार्षिक साधारण सभाकाे अवसरमा कार्यक्रमकाे पूर्व सन्ध्यामा ५ दिनसम्म देशै भर एसोसिएसनले विभिन्न कार्यक्रम गर्ने भएकाे छ ।