पेट्रोलियम पदार्थको मूल्य घट्याे

Jan 16th, 2024

काठमाडौं, माघ २

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको बैठकले आज मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
जसअनुसार काठमाडौंमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।