• गृहपृष्ठ
  • कोन्ज्योसोम गाउँपालिका वडा ३ र ४ को संयुक्तमा पर्यटन तथा अवलाेकन भ्रमण

कोन्ज्योसोम गाउँपालिका वडा ३ र ४ को संयुक्तमा पर्यटन तथा अवलाेकन भ्रमण

Jan 15th, 2024

ललितपुर, माघ १

कोन्ज्योसोम गाउँपालिका वडा ३ र ४ को संयुक्तमा पर्यटन तथा अवलाेकन भ्रमण सम्पन्न भएकाे छ ।

अवलोकनको क्रममा पर्यटकीय स्थलहरु वडामा प्रयाप्त भएकाे तर त्यसलाई व्यवस्थापन गरी पर्यटन भित्र्याउन सक्ने अवस्था सृजना गर्ने बारेमा वडा ३ का वडाध्यक्ष तिलक बहादुर बाेम्जनले बताए । उनले भने- `पर्यटनले गर्दा रोजगारी सिर्जना गर्न सक्ने र स्थानीय स्रोत र साधनको पनि प्रयोग गर्न सकिन्छ ।´
यस्तै, वडा ४ मा बाख्रा पालनकाे लागि पकेट क्षेत्र भएकाले बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रमा अझै बुझ्ने र प्रत्यक्ष हेर्न पायौं यसबाट मिल्ने केही वडामा पनि गर्न सक्ने सम्भावनाको अवलोकन गरी भ्रमण प्रभावकारी भएकाे वडाध्यक्ष तिर्थ बहादुर घलानले बताए ।

उक्त पर्यटन तथा अवलाेकन वडाको कर्मचारी र जन- प्रतिनिधिहरुको उपस्थितिमा चितवन , बन्दिपुर भ्रमण गरि मनकामनाको दर्शन गरि फर्केका छन् ।