बैंकहरुको ब्याजदर फेरी घट्यो

Jan 14th, 2024

काठमाडौं, पुस २९

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत पुस महिनाको तुलनामा १८ बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन् भने दुई बैंकहरुले पुस महिना कै ब्याजदरलाई कायम गरेका छन् ।

माघ महिनाका लागि बैंकहरुको व्यतिmगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ८.१६ प्रतिशत रहेको छ । पुसमा यस्तो ब्याजदर ८.९९ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.८२ बिन्दुले घटेको छ ।