बिगमार्टमा सामान खरिद गर्दा कार उपहार

Jan 13th, 2024

काठमाडौं, पुस २८

बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ । उत्सवअन्तर्गत कम्पनीले माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहार रहेका छन् ।

बम्पर पुरस्कारअन्तर्गत भाग्यशाली एक ग्राहकले टाटा टियागो कार, एक भाग्यशालीले यमाहा रे-जेड स्कुटर, भाग्यशाली पाँचजनाले पाँचवटा स्मार्टफोन, १० भाग्यशालीले जनही पाँच हजार रुपैयाँ बराबरको किनमेल भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत अर्थात् तीन सय रुपैयाँसम्म, एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अर्थात् सय रुपैयाँ र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत अर्थात् एक सय ५० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सात सय ५० वा सोभन्दा बढीको खरिदमा पुरस्कारका लागि लक्की ड्रमा प्रवेश गर्न सकिने पनि कम्पनीले बताएको छ ।