• गृहपृष्ठ
  • सहकारी ठगी प्रकरण : ३५ करोड रुपैयाँ अपचलन गर्ने तीन अध्यक्षसहित १९ जनालाई कैद

सहकारी ठगी प्रकरण : ३५ करोड रुपैयाँ अपचलन गर्ने तीन अध्यक्षसहित १९ जनालाई कैद

Jan 12th, 2024

काठमाडौं, पुस २७

जिल्ला अदालत बाँकेले नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गर्ने १९ जनालाई दोषी ठहर गर्दै अधिकतम कैद सजाय र जरिवाना तोकेको छ ।

जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनामध्ये नौ जनालाई पाँच वर्ष कैद र पचास हजार जरिवानाको फैसला गरेको हो । अन्यलाई एक वर्षदेखि चार वर्षसम्म कैद र चालिस हजारदेखि पचास हजार जरिवाना गरिएको छ ।

११ हजार ८ सय ४ जना निक्षेपकर्ता रहेको सहकारीको ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । त्यसयता पीडित हरू निरन्तर सडकमा रहेका छन् । सहकारीमा ठगिएका एक दर्जन पीडितको यो बीचमा मृत्यु भइसकेको छ ।