• गृहपृष्ठ
  • सहकारी ठगी प्रकरण: कान्तिभैरब सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, १ अर्ब २१ करोड बढी हिनामिना

सहकारी ठगी प्रकरण: कान्तिभैरब सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, १ अर्ब २१ करोड बढी हिनामिना

Jan 12th, 2024

काठमाडौं, पुस २७

कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकणेश्वर नगरपालिका-८ स्थित सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

ठगी कसुरमा पक्राउ परेका उनीहरुलाई हाल गोकर्ण प्रहरी विभागमा राखिएको प्रहरीले जनाएको छ ।

सोही कसुरमा पक्राउ पुर्जी जारी भएका सहकारीका सचिव रामदास श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल, सदस्य अनिरुद्र श्रेष्ठ, राधेश्याम श्रेष्ठ भने फरार रहेका छन् । कान्तिभैरब सहकारीका सबै सञ्चालक एउटै टोलका दाजूभाइ रहेको पनि पाइएको छ ।

उक्त सहकारीमा ७०० जना बचतकर्ताको एक अर्ब २१ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।

ठगीमा संलग्नहरुको खोजीकार्यका साथै पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।