• गृहपृष्ठ
  • ज्योति साहित्यले गर्‍यो पाँच जनालाई सम्मान

ज्योति साहित्यले गर्‍यो पाँच जनालाई सम्मान

Jan 11th, 2024

काठमाडौं, पुस २६

ज्योति साहित्य प्रतिष्ठानले एक विशेष कार्यक्रम आयोजना गरी पाँच जना विशिष्ट व्यक्ति साहित्यहरूलाई सम्मान गरेको छ । प्रतिष्ठानको १७ औं वार्षिकोत्सवको अवसरमा विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण गरेकाे हाे । ज्योति साहित्य सम्मान अर्पणमा घनश्याम राजकर्णिकार, प्रा डा भरतकुमार भट्टराई, श्री ओम् श्रेष्ठ रोदन, जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विश्व कविः प्रा तुलसी दिवसले साहित्यलाई सम्मान गर्ने व्यक्ति तथा हुनुपर्ने बताए उनले भने -साहित्य आफ्नो भावनाहरू लेख्नुहोस्, कसैको अनुराेधमा लेख्ने हाेइन् । साहित्य जति लेख्नुहुन्छ त्याे उल्लेखनीय हुनुपर्ने विश्व कवि दिवसले बताए । यस्तै, कार्यक्रमका सभापति ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, शिखर कविः शैलेन्द्र साकार-विशिष्ट अतिथि र विभिन्न साहित्यकारहरू काे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

साथै, उक्त कार्यक्रममा विभिन्न गजल तथा कविताहरू प्रस्तुत गरेका छन् ।