• गृहपृष्ठ
  • जनकपुरमा अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल

जनकपुरमा अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल

Jan 10th, 2024

काठमाडौं, पुस २५

जनकपुरधाममा एक अविवाहित महिलाले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल गरिएको छ । जनकपुरको रामानन्दचोक स्थित संचालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिकमा अवैध गर्भपतन गरिरहेको पाइएपछि सिल गरिएको हो ।

जकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविन मिश्रका अनुसार एक २० वर्षीय अविवाहित महिलाको ६ महिनाको गर्भ बिनाचेकजाँच स्टाफ नर्स पढेको बताउने जयन्ती साहले गरिरहेको अवस्थामा फेला परेको हो । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमनको क्रममा यस्तो भेटिएपछि पोलिक्लिनिक सिल गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख मिश्र र स्वास्थ्य सल्लाहकार डा. नविन साहसहितको अनुगमन टोलिले पोलिक्लिनिक सिल गरेको हो ।

अवैध गर्भपतन गरेको अनुगमनमा फेला परेपछि मेयर मनोज साहको निर्देशनमा पोलिक्लिनिक सिल गरेको उनका स्वास्थ्य सल्लाहकार डा. साहले बताए ।