• गृहपृष्ठ
  • जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो

जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो

Jan 9th, 2024

काठमाडौं, पुस २४

जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोडेको छ । वार्षिक बिक्री रेकर्ड तोड्दै १.२३ मिलियन इकाइहरू बिक्री गरेर आफ्नो अन्तर्राष्ट्रिय बजार बिस्तारमा उल्लेखनीय सफलता हासिल गरेको हो ।

विश्वव्यापी रूपमा, विदेशी बजारहरूमा ३००,००० युनिटको वार्षिक बिक्रीकोे साथ डिसेम्बर सम्म ३३,४७६ पुगेको छ जसले विदेशी बजारमा कम्पनीको विश्वव्यापी उपस्थितिलाई देखाएको छ ।

जि.डब्लु.एमले विश्वव्यापी बजारहरूमा स्थानीय मागहरू पूरा गर्ने उद्देश्यका साथ लागि परिरहेको छ । जि जि.डब्लु. TANK 500  बलियो इन्जिन र अफ–रोड क्षमताहरूको लागि प्रसिद्ध, मिडल इस्टमा लोकप्रिय बन्यो । यही सफलताको आधारमा, GWM TANK 700 नोभेम्बरको पूर्व–बिक्रीको अवधिमा मात्र ५५सेकेन्डमा बिक्री भयो ।

जि.डब्लु.एमको नयाँ ईलेक्ट्रिक ब्रान्ड ओरा ईभीले विश्वव्यापी बजारमा नेतृत्व स्थापना गर्दै, युरोप र दक्षिण अफ्रिकामा प्रशंसा प्राप्त गरेको छ । जि.डब्लु.एमको व्यावहारिक र आधारभूत दृष्टिकोण, कम्पनीको मान्यता र प्रतिष्ठाले विश्वव्यापी ग्राहकहरूलाई आकर्षित गरेको छ । GWM Haval H6 NEV ले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गर्यो ।

२०२३ दक्षिण अफ्रिकी वार्षिक पिकअप मोडेल प्रतियोगितामा, जि.डब्लु.एम ए शृङ्खलाले 100–120 kW पावर श्रेणीमा “सर्वश्रेष्ठ पिकअप मोडेल” को उपाधि सुरक्षित गर्यो । GWM ORA 03 ले Green NCAP बाट LCA र TopGear South Africa “2023 Annual Award” सँगसँगै फाईभ स्टार रेटिङ हासिल गर्यो । GWM WEY 03, WEY 05 / ORA 03 सबैले युरोपेली E–NCAP फाईभ स्टार मूल्याङ्कन प्राप्त गरेका छन् ।

जि.डब्लु.एम ब्रान्डलाई २०२३ BrandZ “China Global Brand Top 2” मा पनि मान्यता दिइएको थियो । यी उपाधिहरूले जि.डब्लु.एमको नयाँ ईलेक्ट्रिक (NEV) को लागि बजार वृद्धिमा योगदान गरेको छ ।

स्वतन्त्र अनुसन्धान र विकासको लागि जि.डब्लु.एमको समर्पणले यसको प्राविधिक क्षमताको लागि व्यापक मान्यता प्राप्त गरेको छ, जसको परिणामस्वरुप ३००,००० यूनिटहरू विदेशी बजारमा बिक्री भएका छन् । यो बजार विस्तारले विश्वव्यापी उद्यमहरूसँगको सहकार्यलाई सहज बनाएको छ ।

जुनमा, जि.डब्लु.एमले प्रमुख अटोमोटिभ वितरक क्ष्लअजअबउभ सँग रणनीतिक साझेदारी स्थापना गर्यो । जुलाईमा, जि.डब्लु.एमका होल्डिङ समूहको FTXT इनर्जीले इटालीको CNR सँग ग्रीन इनर्जी रूपान्तरणलाई अगाडि बढाउँदै हाइड्रोजन ऊर्जा परियोजनाहरूको लागि सहयोग सम्झौतामा हस्ताक्षर गर्यो । जि.डब्लु.एम ले गत वर्ष पाकिस्तान, इक्वेडरमा नक डाउन (KD) कारखाना र मलेसियामा नयाँ परियोजनाको साथ विदेशी उत्पादनलाई पनि गति दियो ।

आफ्नो २६ वर्षको विश्वव्यापी यात्रामा, जि.डब्लु.एम ले “One GWM” दृष्टिलाई प्राथमिकता दिएको छ र “ग्लोबल इकोसिस्टम“ रणनीति अपनाएको कम्पनीले जनाएको छ ।