• गृहपृष्ठ
  • नेपालमा कोराेनाको नयाँ भेरियन्ट ‘जे एन १’ फेला

नेपालमा कोराेनाको नयाँ भेरियन्ट ‘जे एन १’ फेला

Jan 8th, 2024

काठमाडौं, पुस २३

नेपालमा पहिलो पटक कोभिड १९ संक्रमण ओमिक्रोनको सब भ्यारेन्ट ‘जे एन १’ पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्याले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो।

पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।