• गृहपृष्ठ
  • एसबिआई बैंकका ग्राहकहरुलाई ओम कृष्ण हस्पिटल एण्ट रिसर्च सेण्टरमा विशेष छुट

एसबिआई बैंकका ग्राहकहरुलाई ओम कृष्ण हस्पिटल एण्ट रिसर्च सेण्टरमा विशेष छुट

Jan 4th, 2024

काठमाडौं, पुस १९

नेपाल एसबिआई बैंक र कैलालीस्थित ओम कृष्ण हस्पिटल एण्ट रिसर्च सेण्टर प्रा लीबिच विभिन्न स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतासंगै एसबिआइ बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरेर उक्त अस्पतालका विभिन्न सेवाहरुमा लाभ लिन सक्ने बैंकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी, ओएमकेएचआरसीका अध्यक्ष रत्न उपाध्याय (बजगाईं), कृष्णप्रसाद उपाध्याय बजगाई, ओएमकेएचआरसी र एनएसबिएलका पदाधिकारीहरुको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।