कविताः जिवनको यो समयमा ……………

Jan 4th, 2024

जिवनको यो समयमा भेट हुन्छ कि तिमि सँग
टाढा हुदा नजिक बोलाएर बोल म सँग
एक चोटी त बोलाउ म टाढा जादैन
आएको छु तिमिले बोलेको कुरा सुन्न
त्यो नजरले एक चोटी भए पनि मलाई हेर
मेरो आट भरोसा हौ तिमि जाउ आटिलो भएर
हिड्दा लडेको छु तिम्रो सामु पुग्दा
खुसि लाग्छ तिम्रो त्यो हात समाएर हिड्दा
माया गर्छौ तिमिले मलाई थाहा छ
तिम्रो दु:खेको मनलाई खुसि बनाउनु छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी