• गृहपृष्ठ
  • सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावर बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावर बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

Jan 1st, 2024

पुस १६

आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड बीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।