कविता: मेरो मुटुमा तिमि छौ……………..

Dec 31st, 2023

मेरो मुटुमा तिमि छौ धड्कनमा तिमि छौ
जिन्दगीको बाच्ने आधार तिमि नै हौ
 
मेरो खुसी मेरो हाँसो सबै तिमिमा नै छ
तिम्रो साथ हेरेर मैले मुस्कुराउनु छ
तिमि सँग अटुट नाता गाँस्नु पनि छ
यो दिलमा तिमि छौ तिमिलाई राख्नु छ
 
हाम्रो सम्बन्ध जन्म जन्म सम्म रहिरहन्छ
मेरो खुसी मेरो हाँसो सबै तिमिमा नै छ
मेरो मुटुमा तिमि छौ धड्कनमा तिमि छौ
जिन्दगीको बाच्ने आधार तिमि नै हौ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी