• गृहपृष्ठ
  • पत्रकार पुडासैनीको एकएक शब्द सत्य साबित हुदैं, लामिछानेलाई कानूनी दायरामा ल्याउन सडकमा आउलान् त चितवनबासी ?

पत्रकार पुडासैनीको एकएक शब्द सत्य साबित हुदैं, लामिछानेलाई कानूनी दायरामा ल्याउन सडकमा आउलान् त चितवनबासी ?

Dec 31st, 2023

काठमाडौं, पुस १५

बुढोपाकाले भन्थे, ‘अरुलाई रुवाए, दुःख दिए, ठगे वा मारे, अर्को जुनीमा भोग्नुपर्छ ।’ केही वर्षअघिको कुरा हो । पत्रकार शालिग्राम पुडासैनीले भक्कानिएर रुदैं भिडियो तयार गरे । पत्रकार राज्यको चौथों अंग हो । र, हतपत्त पत्रकारहरु कोहीसँग डराउँदैनन् भन्ने सर्वसाधारणको मनमा अहिले पनि छ । पुडासैनी पनि पत्रकार नै थिए । राज्यको चौथों अंग थिए । उनी कलिलै उमेरका थिए । पुडासैनीमो जन्म थलो नुवाकोट हो । उनी राजधानी काठमाडौंमा बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका घरपरिवारका थिए, पुडासैनी । केही समयअघि मात्र वैवाहिक सम्बन्धमा बाँधिएका थिए, उनी । उनले न्यूज २४ मा रवि लामिछानेसँग काम गरे । लामिछानेको सम्पूर्ण गोप्य कुरा उनले थाहा पाइसकेका थिए । पुडासैनीले लामिछानेको बारेमा सबै कुरा थाहा पाएपछि न्यूज२४ छोडेर उनी माउण्टेन टेलिभिजनमा गए । पछि लामिछानेको प्रेस वा दबाब सहन नसकेपछि उनले चितवनमा गएर आत्महत्या गरे ।

आफु मरेपनि राज्यलाई अपराधी समात्न सजिलो होस् भनेर उनले आत्महत्या मर्नुअघि रुदैं भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियोमा लामिछानेको दुई वटा नागरिकता, पासवोर्ट रहनुका साथै धेरै व्यापारीहरुलाई धम्काएर पैसा लिएको उनले बताएका थिए । पुडासैनीले आत्महत्या गरेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा सो भिडियो भेट्यो पछि त्यो भिडियो विभिन्न सञ्चारमाध्यममार्फत बाहिरियो । कतिपय सञ्चारमाध्यम भने त्यो भिडियो सार्वजनिक गर्न डराए त कतिपय सञ्चारमाध्यमले सार्वजनिक गरे । पुडासैनीको त्यो भिडियो सार्वजनिक भएपछि जनताले लामिछानेको विरोध गर्न सुरु गरे । उनले कारबाही गर्नुपर्ने आवाज उठ्न थाल्यो । प्रहरीले लामिछानेलाई न्यूज २४ को कार्यालयबाट समात्यो । त्यसपछि पुडासैनीले आत्महत्या गरेको ठाउँ चितवन लगियो । तर, न्यूज २४ का पत्रकारहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउने लागिएको भन्दै चितवनबासीलाई सडकमा उत्र्रिन बाध्य बनाए । त्यतिखेर लामिछाने राजावादी थिए ।

उनकी श्रीमति पनि राजनीतिक दलमै आबद्ध थिइन् । राजावादीहरुले मुलुकभरका आफ्ना कार्यकर्ता तथा समर्थक चितवन लगे । नेपालका मै हुँ भन्ने कलाकार पनि लामिछानेलाई चितवनमा भेट्न पुगे । चितवनमा भीड एकदमै बढिसकेको थियो । किनकि त्यहाँ पैसा खर्चिएर मानिसहरु ल्याइएको थियो । भीड बाक्लो भएपछि प्रहरी प्रशासनलाई नियन्त्रण गर्न गाह्रो भयो ।
त्यसपछि चितवन जिल्ला अदालतले लामिछानेलाई तारिखमा छोडिदियो । तारिखमा छोडेपछि लामिछानेले त्यहाँ ठूलो कार्यक्रम गरे । चितवनबासीको गुन कहिल्यै नबिर्सिने भन्दै उनले भाषण गरे । राजनीतिक पहुँच र पैसाको आडमा लामिछानेले पछि उच्च अदालत पाटनबाट सफाइ पाए । ०७९ मंसिर ४ गतेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उनले चितवन निर्वाचन क्षेत्रनम्बर २ बाट उम्मेदवारी दिए । चुनाव जितेपछि गृहमन्त्री बने । गृहमन्त्री भएपछि उनको नागरिकता र राहदानीको विषयमा अदालतमा मुद्दा पप्यो । कारण थियो, उनको दुई वटा नागरिकता र राहदानी छ ।

नेपाली र अमेरिकन । अदालतले लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता र राहदानी लिएको तर त्यो नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएकोले अमेरिकन नागरिकता त्यागेर नेपालको संविधानबमोजिम नेपाली नागरिकता लिन फैसला सुनायो । नागरिकताकै कारण उनको गृहमन्त्री, सांसद र पार्टीको सभापति पद गुम्यो । नेपालको संविधानबमोजिम नागरिकता लिन्छु भन्दै लामिछानेले पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिए । चितवन क्षेत्रनम्बर २ मा ०८० बैशाख १० गते उपनिर्वाचन भयो । जनताले फेरि पनि दोहोप्याएर मतदान गर्नुपप्यो त जनताले तिरेको कर खर्च भयो । यता, पत्रकार पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा भनिएको एकएक शब्द त अदालतले प्रमाणित गरिदियो नि त । पुडासैनीलाई त लामिछानेले मारिहाले पछि आफ्रनै गाडीको ड्राइभरलाई समेत मारेको आरोप उनीमाथि लाग्यो ।
अहिले आफ्रनै क्षेत्रका जनताको पैसा लामिछानले सहकारी खोलेर हिनामिना गरेको आरोप लागेको छ । हिजो लामिछाने निर्दोष भन्दै सडकमा उत्र्रिएका चितवनबासीको अब चाहिँ बल्ल उनको असली रुप देख्ने छन् । पत्रकार पुडासैनी रुदैं लामिछानेको सम्पूर्ण गैरकानूनी कामबारे खुलासा गर्दा चितवनबासीले उनलाई न्याय दिएनन् ।

लामिछानेजस्तो अपराधी व्यक्तिको लागि उल्टो सडकमा उत्र्रिए । अब त चितवनकै जनताको पैसा लामिछानेले डुबाइदिएका छन् । अनि अझै पनि चितवनबासी लामिछानेकै गुनगान गाएर बस्छन् कि उनको विरोधमा सडकमा उत्र्रिन्छन् पनि ?
मुलुकको राजनीतिक परिवर्तनमा लामिछानेको केही योगदान छैन । त्यतिबेला पनि अमेरिकामा थिए । अहिले पनि उनको अमेरिकामा घर रहेको र धेरै पत्नी रहेको बताइन्छ । घरायसी समस्याका कारण अमेरिका छोडेर उनी ०७१ सालमा एक महिनाको भिसा लगाएर नेपाल घुमफिर गर्न आएका थिए । एक महिनापछि उनी अमेरिका फर्किएनन् । अमेरिका नफर्किएपनि उनले नेपालको ऐन, कानून मानेनन् । यहाँको संविधान, कानूनलाई धोती लगाइदिएर उनले जनतासँग सिधा कुरा नामक कार्यक्रम चलाउन थाले । सो कार्यक्रममार्फत राजनीतिक दलहरुमाथि हिलो छ्याप्ने काम गरे ।

लोकतन्त्र, गणतन्त्रको विरोधमा उनी उत्र्रिए । ०५२ फागुल्न १ गते जनयुद्ध सुरु भयो । जनयुद्धको समयमा उनी न भूमिगत गएका थिए न केही गरे । ०६२÷०६३ को जनआन्दोलनमा पनि उनको केही योगदान रहेन । किनकि उनी ०५८ सालमै अमेरिका गइसकेका थिए । गत वर्ष लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । सभापति बने । चुनाव जितेर गृहमन्त्री पनि खाएका थिए । तर, अदालतले उनलाई अनागरिक ठहर गरेपछि उनको सम्पूर्ण पद गुम्यो । गृहमन्त्रीसँगै सांसद र सभापति पद गुमेपछि उनले उपनिर्वाचनको माग गरे । निर्वाचन आयोगले उनको क्षेत्रमा फेरि पनि चुनाव गरायो । चितवनबासीले फेरि पनि उनलाई नै जिताए । अहिले लामिछाने गृहमन्त्री हुन नपाएपनि सांसद र पार्टीको सभापति भने छन् । सरकारमा जानका लागि उनी कहिले केपी ओली कहाँ पुग्छन् त कहिले प्रचण्ड, शेरबहादुर देउवा कहाँ । यहाँबाट त उनी पनि सत्ताकै लोपी रहेको देखिएको छ ।
जनता र राष्ट्रको लागि नभई लामिछाने आफ्नो स्वार्थको लागि राजनीतिकमा आएको स्पष्ट हुन्छ । हिजो मेनपावरले विदेशमा अलपत्र पारेको नेपालीको उद्धार गरे भनेर चर्चा कमाउने लामिछानेले अहिले आफ्रनै क्षेत्रका जनताको रुवाबासी बनाएका छन् । तामझामका साथ लामिछानेद्धारा खोलिएको टेलिभिजनमा चितवनका हजारौं बचतकर्ताको करोडौं रकम डुबेको छ । पत्रकार पुडासैनी त मरे । उनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले पुडासैनीले न्याय पाएनन् । उनी मरेको मरै भए । अनि उनलाई मर्न बाध्य बनाउने व्यक्ति झन् ठूलो र शक्तिशाली हुन पुग्यो । सञ्चारमाध्यमहरुले पत्रकार पुडासैनीको भिडियो बाहिर ल्याउनुपर्छ ।

उनको न्यायको लागि आवाज उठाउनुपर्छ । किनकि पुडासैनी पनि राज्यको चौथों अंग नै हो । पुडासैनीको मुद्दामा त लामिछाने राजनीतिक पहुँच र पैसाको आडमा जेल जानबाट बचे । तर, अब सहकारीको मुद्दामा त उनी जेल जानबाट कुनै पनि हालतमा बच्ने छैनन् । अहिले आम सर्वसाधारण जनता लामिछानेलाई तत्काल समात्नुपर्ने माग गर्छन् । लामिछानेलाई समातेपछि जीबी राईलाई पनि समात्न सजिलो हुने उनीहरुको भनाइ छ । अपराधी ढिलै भएपनि कानूनको दायरामा आउँछ भनेर बुढोपाकाले भन्थे । अहिले यो सत्य साबित हुन लागेको छ । हिजो लामिछाने निर्दोष भन्दै सडकमा उत्र्रिने चितवनबासी अब लामिछानेलाई समात्नुपर्ने भन्दै सडकमा छिटै उत्र्रिने छन् । पुडासैनीले आत्महत्या गर्नुअघि भनेको कुरा कानून र व्यवहारमा प्रमाणित भएको छ । किनकि मर्नुअघि कसैले ढाट्दैंन ।
अनुषा थापा
भक्तपुर