• गृहपृष्ठ
  • स्वास्थ्य बीमा बोर्डले गरेका निर्णयहरूमा के-के छन् ?

स्वास्थ्य बीमा बोर्डले गरेका निर्णयहरूमा के-के छन् ?

Dec 31st, 2023

काठमाडौं, पौष १५

आज शुक्रबार बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले देहाय बमोजिम निर्णय गरेको छ । निर्णयहरू यस प्रकारका छन्:

१. स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १० मा भएको प्रेषण सेवा सम्बन्धी व्यवस्था बमोजिम प्रेषण( Referral) सेवालाई व्यवस्थित र विवेकसम्मत (Rational) बनाउनका लागि तयार गरिएको “स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि, २०८०” स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ।

“स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि, २०८० का मुख्य व्यवस्थाहरुः

  • बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबै भन्दा नजिकको स्वास्थ्य संस्थामा गर्नुपर्नेछ ।
  • एउटा रोगको लागि गरिएको प्रेषण (Refer सेवा सोही रोगको पुनः जाँच (Follow-Up का लागि पुनः प्रेषण पुर्जीको आवश्यक नपर्ने । ।

आकस्मिक सेवाको लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने

सेवाग्राहीलाई प्रेषण गर्दा सेवाको उपलब्ध भएको सुनिश्चित गरी गर्नुपर्नेछ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २००२) संग सम्बन्धित अनुसूची ९ बमोजिमको

प्रेषण पुर्जा अनुसारको विवरण भरी प्रेषण गर्नुपर्नेछ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा उपलव्ध सेवाको व्यक्ति विषेशको मागको आधारमा ( Referrral on Request/Demand Referral) लाई बीमा व्यवस्थापन सूचना प्रणली (IMIS) बाट अस्वीकृत गरिनेछ र सो बापतको सोधभर्ना भुक्तनी हुनेछैन ।

२. स्वास्थ्य बीमा ऐन, २०७४ मा तोकिएको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गर्न नेपाल

सरकारको स्वीकृक्तिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

३. स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचार संहिता स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य बीमा बोर्डका आचार संहिताका मुख्य व्यवस्थाहरुः

  • कार्यालय समयमा सामाजिक सन्जाल प्रयोग नगर्ने/नगराउने ।
  • दाबी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीहरुले कार्यालय भित्र रहँदा

व्यक्तिगत मोवाईल प्रयोग गर्न पाईने छैन ।

  • स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नु भन्दा पहिला सो विषय संग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनु पर्नेछ ।

बिद्युत्तीय माध्यम वा सामाजिक सन्जालमा बोर्डका गोप्य सूचना, वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्यहरु गर्न गराउन नहुने ।

बिद्युत्तीय माध्यम वा सामाजिक सन्जालमा तिनै तहका सरकारको आलोचना गर्न राजनैतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरितको कुनै टिप्पणी गर्न बा लाईक गर्न नहुने ।

  • समयको महत्वलाई बुक्ति औपचारिक कार्यक्रम तथा बैठकहरु तोकिए‌को समयमा नै शुरुवात र समापन गर्ने ।
  • औपचारिक कार्यक्रम सन्चालन गर्दा आधा घन्टाको समय भित्र उदघाटन र समापन गरिसक्नु पर्नेछ ।
  • बैठकको समय १ घन्टा कायम गर्नुपर्नेछ ।

बोर्डमा प्राप्त भएका जुनसुकै फाईलका बारेमा बोर्ड व्यवस्थापनले ३ दिन भित्र निर्णय दिने, निर्णय दिन नसक्ने बिषय भएमा कारण खुलाई बीमा बोर्ड (बीमा बोर्ड अध्यक्ष र सदस्यहरु। लाई सूचना गर्नुपर्नेछ ।

  • आचार संहिताको पालना भए नभएको अनुगमन नियमित रुपमा स्वास्थ्य वीमा बोर्ड व्यवस्थापनले गर्नुपर्नेछ ।

४ स्वास्थ्य बीमामा आवद्धता प्रयोजनको लागि लिईने योगदान रकम स्वास्थ्य बीमा बोर्डको बैंक खातामा दाखिला गर्ने विषयमा दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिनका लागि अति आवश्यक २ वटा निर्णय गरेको छ ।

  • बीमितको विवरण बीमा व्यवसथापन सूचना प्रणली (IMIS) मा प्रविष्ट गर्नु भन्दा पहिला सी बापतको योगदान रकम बैक दाखिला गरी भौचर प्राप्त गरेपछि मात्र गर्नुपर्नेछ ।
  • बीमितबाट प्राप्त योगदान रकम तुरुन्त तोकिएको बैंक खातामा दाखिला गर्नुपर्नेछ भन्ने कानूनी व्यवस्था रहेकोमा भौगोलिक दुर्गमताको कारणले समयमा स्वास्थ्य बीमा बोर्डको बैंक खातामा दाखिला गर्न नसक्ने अवस्था भएमा, नगद रकम हातमै (Cash in Hand)रु.५०,०००। वा दुई हप्ताको समय सीमा जुन पहिला हुन्छ त्यस भित्र बैंक दाखिला गर्नुपर्नेछ ।

५. स्वास्थ्य बीमा कार्यक्रमको सुविधाको थैलीमा भएको औषधी र सेवाको मूल्यको पुनरावलोकन कार्यलाई सहजिकरण गरी १ महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य श्री जुनु श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

६. हाल सन्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो बनाउने विषयमा आवश्यक अध्ययन गरी १ महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

७. स्वास्थ्य बीमा बोर्डमा कार्यरत करार सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धी कार्यविधि, २०८० लाई विस्तृत अध्ययन गरी अर्को बैठकमा पेश गर्ने निर्णय गरियो ।