• गृहपृष्ठ
  • कोठावालहरु सम्पर्कविहिन भएपछि घरधनीहरु चिन्तित, खाली गराउन लाग्यो स्थानीय पालिकामा भीड !

कोठावालहरु सम्पर्कविहिन भएपछि घरधनीहरु चिन्तित, खाली गराउन लाग्यो स्थानीय पालिकामा भीड !

Dec 30th, 2023

काठमाडौं, पुस १४

स्थानीय तहमा पछिल्लो समय सर्वसाधारणको निकै भीड छ । वडा, गाउँपालिका र नगरपालिकामा सर्वसाधारणको चाप देखिन्छ । तर, त्यो भीड कर तिर्नलाई होइन्, आफ्नो घर खाली गरिदिनुपर्यो भन्नेहरुको हो । बहालमा बस्नेले भाडा नतिरेपछि घरधनीहरुले पालिका गुहार्न थालेका छन् । अधिकांशको एउटै गुनासो छः भाडावालले भाडा तिरेनन् । सटर लिएर व्यवसाय गर्नेहरुले समेत महिनौंदेखिको बहाल नदिएको घरधनीहरुको भनाइ छ । यता, लघुवित्त र सहकारीलाई घर भाडामा दिएका घरधनीहरु झन् तनावमा छन् । सहकारी भागिसकेको छ, भाडा कहाँबाट पाउनु ? कोठामा ताला लगाएर भाडावालहरु सम्पर्कविहिन भएको घरधनीहरु बताउँछन् । घरधनीहरुका अनुसार उनीहरु सम्पर्कमा पनि नभएको र भाडा पनि नतिरेको हुन् । तीन महिनादेखि दुई वर्षसम्मको बहाल उठाउन बाँकी भएको घरधनीहरु सुनाउँछन् । भाडामा बस्नेले भाडा तिरुञ्जेल सरकारलाई ढाँट्ने घरधनीहरु अहिले पिरलो सुनाउन सरकारकहाँ पुगेका छन् ।

‘घरभाडामा लगाएका छैनौं, आफैं बसेका छौं’ भनेर उनीहरुले कर छली गर्दै आएका थिए । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म लिने गरेका थिए । फल्याटको २० हजारदेखि लाखसम्म र सटरको पनि लाखसम्म भाडा उठाउथें, घरधनी । सटर २० लाखदेखि ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो । भाडावालले सामान नल्याउँदै तीन महिनाको अग्रिम भुक्तानी मागिन्थ्यों । बत्ती, पानी, फोहोर, नेट, पार्किङ्गको मनलाग्दी शुल्क उठाउने गरिएको थियो । नयाँलाई मँहगोमा राख्नका लागि पूरानालाई निकालिन्थ्यो । छतमा जान रोक लगाइन्थ्यो । घरधनीहरुले यसरी भाडावाललाई चुस्दै आएका थिए ।
कोठा सबै भाडामा लगाउने अनि कर छल्नका लागि परिवारकै सदस्य बसेका छौं भनेर ढाँट्ने । एकल महिला, बुढाबुढी, तल्लो जातजाति र विद्यार्थीलाई कोठा नदिने । घरधनीले तोकेजति भाडा तिर्छु भन्दा पनि उनीहरुलाई कोठा दिइँदैनथ्यो र अहिलेपनि अवस्था त्यही नै छ ।

बजारमा आर्थिक मन्दी भएपछि सटरवालाहरुले सटरको बहाल तिर्न सकेनन् । मन्दीका कारण अधिकांशको रोजगारी गुमेका छन् । जागिर भएकाहरुले पनि तलब नपाइरहेको अवस्था छ । सहकारी, लघुवित्त डुबेर भागिसकेको छ । सहकारी र लघुवित्तलाई घर भाडामा दिएका घरधनीहरु निकै तनावमा छन् । सहकारी पीडितहरु हुलका हुल आउँछन् । प्रहरी पनि आइरहन्छ । कतै घर तोडफोड र आगजनी हुने पो होकि भन्ने डर तिनलाई छ । सहकारी त बन्द भयो, तर पीडितहरु दिनहुँ हेर्न आउने क्रम रोकिएको छ । कर्मचारी र सञ्चालक भागिसके, तैपनि पीडितहरु पैसा आइहाल्छ कि भन्ने आशले सहकारीको कार्यालय धाइरहन्छन् । घरधनीहरु घर खाली राख्ने तर बैंक तथा वित्तिय संस्थालाई बहालमा नदिने मनस्थितिमा पुगेका छन् । हरेक सर्वसाधारणको मनमा ‘बैंक, सहकारी र लघुवित्त ठग हुन्’ भन्ने छाप परेको छ । सहकारी र लघुवित्तप्रति आम सर्वसाधारणको घृणा बढेको छ । पाँच वर्षअघि घरधनीहरु आफ्नो घरमा बैंक तथा वित्तिय संस्थाको कार्यालय बसेको छ भनेर शान देखाउँथे ।

अहिले त्यही वित्तिय संस्थाले घरधनीहरुलाई ‘रुनु न हाँस्नु’ को अवस्थामा पुर्याइदिएको छ । एकातिर सहकारी चल्ने कुनै आश छैन्, अर्कोतिर सामान खाली गर्न वडाले चासो देखाउँदैन् । घरधनी यतिबेला साह्रै चिन्तित छन् । घरधनीहरु सहकारी र लघुवित्तको सामान ‘टोक्नु कि बोक्नु’ भन्नेमा छन् । एकातिर महिनैपिच्छे आउने भाडा पाएको छैन्, अर्कोतिर घरमा ताला लगाएको छ । घरहरुको रातको दिन र दिनको भोक हराएको छ । कतिपय घरधनीले बहाल उठेकै रकमबाट आफ्नो घर चलाउँदै आएका थिए । त्यस्ता घरधनीको बिचल्ली भएको छ । कोठामा भाडावाल भएपनि घरधनीहरुको हातमा महिनौंदेखि बहाल परेको छैन् । आम्दानी छैन्, कहाँबाट ल्याएर भाडा तिर्नु ? पछिल्लो समय टु–लेटको प्याम्प्लेट जतासुकै देखिन्छ । पहिलेपहिले कोठा पाउन महाभारत थियो । एउटा कोठा पाउन तीन महिना लाग्थ्यो । एउटा निक्लिन पाएको छैन्, अर्को सामान लिएर बस्न आइपुगिहाल्थें । सटर त झन् खाली नै हुँदैन्थ्यो ।

अहिलेको अवस्था ठ्याक्कै उल्टो छ । कोठा, फल्याट र सटर खाली भन्दै पोस्टर टाँस्नुपर्ने अवस्था आएको छ । त्यति गर्दा पनि बहालमा बस्ने नभेटिएको घरधनीहरु बताउँछन् । बाहिरी जिल्लाबाट आएका सर्वसाधारणको कारण काठमाडौं चलेको थियो । विभिन्न जिल्लाबासीले काठमाडौं आएर डेरा लिएर थिए । सानातिना व्यापार–व्यवसाय, मजदुरी गरेर जीविकोपार्जन गरेका थिए । घरधनीलाई भाडा तिर्थें । तर, बजारमा आर्थिक मन्दीपश्चात् अधिकांशको रोजगारी खोसिएको छ । यहाँ काम नपाएपछि आफ्नो घर फर्किनेको संख्या बढेको छ । एकातिर काम छैन्, अर्कोतिर ढाड सेक्ने मँहगी । गुजारा गर्न महाभारत छ । केही समय अघिसम्म ज्यामी काम गर्नेले पनि राम्रै आम्दानी गर्थें । अहिले त त्यही काम पनि पाउन छोडेको छ । सहकारी बन्द भएपछि हजारौं बेरोजगार बनेका छन् । पसल तथा निजी कम्पनीहरुले पनि तलब दिएको छैन् । काम छैन् भनेर भोको पेट मान्दैन् ।
घरधनीले भाडा छुट दिँदैनन् । त्यसैले पनि उपत्यका छाड्नेको संख्या बढेको छ । प्रायःजसो आफ्नो गाउँठाउँ फर्किएका छन् । उनीहरु हिँडेपछि उपत्यकाका कोठा खाली हुनु र व्यापार–व्यवसाय सुक्नु स्वाभाविकै हो । गाउँका सदरमुकाममा आएर डेरा लिएर बस्थें । रोजगारी, शिक्षा र उपचारका लागि उपत्यकामा कोठा भाडामा लिन्थ्यो ।

२०४७–४८ सालमा ३० देखि ५० रुपैयाँमा कोठा पाइन्थ्यो । बढीमा डेढ सय थियो सटर भाडा । तीन दशकको अवधिमा काठमाडौंमा घर बनाउनेको संख्या ह्वात्तै बढ्यो । घर भाडामा लाउने कार्य व्यवसाय बन्यो । राज्यलाई कर छल्ने अनि यता आफूखुसी भाडा लिने । जो हेर्यो घर बनाउनतर्फ मात्र ध्याउन्न छ । सरकारी जागिर खानेले घर बनाउने, भाडामा लाउने । विदेश जाने, व्यापार–व्यवसाय गर्नेले पनि त्यही गर्ने । घर भाडामा लाउने अनि बसिबसि खाने क्रम बढ्यो । घर बनाउनेको संख्या बढेपछि जग्गाको भाउ रातारात बढ्यो । भू–माफियाहरुले उब्जनी हुने जग्गा धमाधम प्लानिङ्ग गर्दै करोडौंमा बेच्न थाले ।
गुठी, सार्वजनिक, सरकारी जग्गा पनि बिक्री हुन थाल्यो । कृषिमूलक देश अहिले खाद्यान्न आयात गर्ने देश बनेको छ । पहिले सबै कृषि पेशामा आबद्ध थिए । आफ्नो खेतबारीमा उब्जेको अन्न खाएर बेच्न पनि पुग्थ्यो । खेत हुञ्जेलसम्म सबै रोजगार नै थिए । विस्तारै खेतीयोग्य जमिन मासिँदै गयो, मुलुकमा बेरोजगारीको संख्या बढ्यो ।

जग्गा मासिएपछि किसानहरु बेरोजगार भएका छन् । जनताको पेट भर्न विभिन्न मुलुकबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । व्यापार घाटा निरन्तर बढिरहेको छ । उद्योग, कलकारखानामा लगानी गर्नुको साटो बैंक तथा वित्तिय संस्थाले घरजग्गामा लगानी गरे । जसका कारण वित्तिय संस्थाहरु तैरिनै नसक्नेगरी डुबेका छन् । अहिले जति पनि घर छ, त्यसमध्ये अधिकांश बैंकको नाममा छ । घर भाडामा लागुञ्जेल त घरधनीले कर्जाको किस्ता तिर्छन् । आफ्नो गुजारा गर्छन् । लागेन् भने के गर्ने ? सबैले आँखा चिम्लेर घरजग्गामा लगानी गर्दा राज्यलाई ठूलो क्षति भएको छ । अहिले घरधनीहरुलाई ‘ईंट्टा टोक्नु कि सिमेन्ट’ भएको छ ।
काठमाडौं उपत्यकाका घर सरकारको मापदण्डभित्र पर्दैनन् । एक आनादेखि तीन आना जग्गामा घर बनेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार ९५ प्रतिशत घर मापदण्डभित्र पर्दैन् । यी घरलाई सरकारबाट दिइएको सेवासुविधा जतिबेला पनि कटौती हुनसक्छ ।

शहरी विकास मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ । त्यो मापदण्डअनुसार पूराना घरहरु भत्किए भने नयाँ घर बनाउन जग्गा पुग्दैन् । भाडा खानका लागि घरधनीहरुले बाटो मिचेर र थोरै जग्गामा घर बनाए । भाडा आउन छोडेपछि घरधनीहरु घर बेच्न खोजिरहेका छन्, तर कसले खोज्छन् ? घरधनीहरु पसल र चोकचोकमा भाडा बस्नेहरु खोज्दै हिँड्न थालेका छन् ।
अनुसा थापा
भक्तपुर