• गृहपृष्ठ
  • पर्यावरण रेडियोका  संस्थापक डा अष्टमान किसी महर्जनको निधन

पर्यावरण रेडियोका  संस्थापक डा अष्टमान किसी महर्जनको निधन

Dec 28th, 2023

ललितपुर, पुस १२

पर्यावरण रेडियो(इसिआर एफएम)को स्थापना गरेर वातारण क्षेत्रमा उल्येखनिय योगदान गरेको डा अष्टमान किसी महर्जनकाे आज विहान निधन भएको छ ।

२०६० साल माघ २१ देखि ललितपुरको गोदावरी बाँडेगाँउमा १०४.२ फ्रिक्वेन्सीबाट महर्जनले पर्यावरण रेडियो सञ्चालनमा ल्याएका थिए । रेडियो पर्यावरण २०५५ सालदेखि नै १०० मेघाहर्जबाट हरेक सोमबार बेलुकी ५ बजेदेखि ६ बजेसम्म प्रशारण सुरु भएको थियो ।

साथै महर्जनले पर्यावरण टेलिभिजन समेत सञ्चालनमा ल्याएका थिए । लामो समयदेखि उनी फोक्सो र कलेजो संक्रमणबाट पिडित थिए ।