• गृहपृष्ठ
  • जेष्ठ नागरिकद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर

जेष्ठ नागरिकद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर

Dec 28th, 2023

ललितपुर, पुस १२

जेष्ठ नागरिकले बृहत निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । उक्त शिविर बागमती गाउँपालिका-७ गिम्दीकाे श्री नारायणी मा.बि. भएकाे हाे । दुई दिने उक्त शिविरमा २०९ जनाले स्वास्थ सेवा लिएकाे आयाेजनाले जानकारी दिए ।

आयोजकहरू बागमती गाउँपालिका भट्टेडाँडा वडा ७ गिम्दी, जीविका महिला तरकारी उत्पादक सहकारी संस्था, गिम्दी स्वास्थ्य चौकी गिम्दी,जेष्ठ नागरिक चौतारी गिम्दी शाखा वडा ७ गिम्दी र नेपाल मगर संघ ललितपुर गिम्दी शाखा रहेकाे छ ।

यस शिविरका लागि प्राविधिक सहयोग काठमाण्डौं मेडिकल कलेज सिनामंगल रहेकाे छ भने, निःशुल्क औषधी वितरण एरो फर्मास्यूटिकल्स प्रा.लि.निरोग फार्मेसी, थानकोले सहयाेग गरेकाे थियाे ।

सेवाहरू

१. आँखा रोग (Eye)

२. नाक कान घाँटी (ENT)

३. स्त्री रोग (Gynecology)

४. जनरल मेडिकल (General Medical)

५. हाड जोर्नी तथा नशा (Orthopedic/Nerve)

निःशुल्क परिक्षणहरुः

१. भिडियो एक्सरे (Video X-Ray)

२. ल्याब परिक्षण (Lab Test)

३. ई.सी.जि. (E.C.G.) SCC