• गृहपृष्ठ
  • संयुक्त अनुगमन तथा सामाजिक लेखापरिक्षण २०२३ सम्पन्न

संयुक्त अनुगमन तथा सामाजिक लेखापरिक्षण २०२३ सम्पन्न

Dec 27th, 2023

ललितपुर, पुस ११

गुडनेवर्स इन्टरनेशनल नेपालको आधीक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजनाले ललितपुर जिल्लामा सन २०२३ मा संचालित विभिन्न क्रियाकलापको संयुक्त अनुगमन सामाजिक लेखापरिक्षण तथा आगामी बर्ष २०२४ को कार्ययोजना सार्वजनिक कार्यक्रम सम्पत्र गरेको छ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिकाको नगर उपप्रमुख मुना अधिकारीकाे प्रमुख आतिथ्यता तथा गोदावरी नगरपालिकाको नगर शिक्षा अधिकारी सामाजिक विकास शाखा प्रमुख कृषि विकास शाखा प्रमुख सहकारी विकास शाखा प्रमुख, वडा अध्यक्षहरू प्रध्यानाध्यापक तथा विद्यालय प्रतिनिधीहरु, स्वास्थ्य संस्था का प्रमुख तथा प्रतिनिधीहरु सहकारी संस्थाको प्रतिनिधीहरु गुडनेवर्स इन्टरनेशनल नेपालको प्रतिनिधी परियोजना व्यवस्थापन समिति तथा सामुदायिक विकास समितिका पदाधिकारीहरु लगायतको उपस्थितीमा संयुक्त अनुगमन तथा सामाजिक लेखा परिक्षण कार्यक्रम भएको थियो।

कार्यक्रमको अध्यक्षता लेले सामुदायिक विकास केन्द्रका अध्यक्ष श्री गणेश बहादुर नगरकोटीले गर्नु भएको थियो र कार्यक्रम संचालन तथा सहजिकरण परियोजना अधिकृत श्री सुवास बस्नेतले गरेका थिए। परियोजनाले सन २०२३ शिक्षा जनस्वास्थ्य तथा सरसफाई आय आर्जन बाल संरक्षण विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा गरेको क्रिया कलाप र त्यसमा भएको खर्च बारे कार्यक्रम सहजकर्ता परियोजना अधिकृत श्री सुवास बस्नेतज्जाले सरोकारवाला तथा लाभान्चीतवर्गको उपस्थितीमा प्रस्तुतीकरण गर्नु भएको थियो। परियोजना संयोजकको प्रस्तुती पछि कार्यक्रमका सहभागी विच खुला छलफल भएको थियो। छलफलमा सहभागीहरुले परियोजनाले विद्यालय, स्वास्थ्य संस्था सहकारी प्रवद्धनमा सन २०२३ मा भएको क्रियाकलाप र यस भन्दा अघि सम्पादित क्रिया कलापको सकारात्मक प्रभावबारे खुलेर प्रशंसा गरेको देखियो।

कार्यक्रममा गोदावरी नगरपालिकाको नगर शिक्षा अधिकारी श्री दिनानाथ पन्धीज्यूले परियोजनले आफ्नो कार्यक्षेत्र अन्तगत एकिकृत रुपमा गरेको कार्यले समुदायको विकासमा थप सहयोग पुगेको र सो सहयोग प्रशंसा गर्दै यसलाई निरन्तरता तथा अगागी दिनमा यसको थप विस्तार गर्न सुझाउनु भएको थियो। प्रमुख अतिथीको तर्फ बाट मन्तव्य राख्दै गोदावरी नग रपालिकाको नगर उपप्रमुख मुना अधिकारीज्युले विगत देखी हाल सम्म यस संस्थाले नगरपालिका संगको समन्वयमा कार्य गर्दै अएको र सोको थप प्रभावकारीताको लागी अगामी दिनमा स्थानिय निकायसंग नजिक भई प्रभावकारी ढङ्गबाट अगाडी बढ्न शुभकामना व्यक्त गर्नु भयो साथ साथै सहकारी मार्फत महिला दिदि बहिनीहरुलाई आय आर्जनका क्रिया कलापमा सरिक गराउन गरेको सहयोग उचित लागेकोमा परियोजना तथा संस्थालाई धन्यवाद दिनु भएकाे छ ।