• गृहपृष्ठ
  • पाल्पा बचत तथा ऋण सहकारी संस्था नाफा कमाउन सफल

पाल्पा बचत तथा ऋण सहकारी संस्था नाफा कमाउन सफल

Dec 26th, 2023

आधारभूमि पौष १०, काठमाडौं ।
पाल्पा बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको छ । सभामा पुर्व काठमाडौं सहकारी डिभिजन कार्यालय प्रमुख केशव बा.थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभाको सभापतित्व पिताम्बर बस्यालले सम्बोधनमा बोल्दै नेपालका सहकारी एक पछि अर्को समस्यामा परी भागेको खबर आइ रहदा यस पाल्पा बचत तथा ऋण सहकारी संस्थाले करीब ७ लाख रुपैया नाफा कमाउन सफल भएको जनाए ।

संस्थाका कोषाध्यक्ष दधिराम पोखरेल बताउछन् नेपाल भरीका अन्य सहकारीहरु ठगी गरी भागी भागी हिडेको समयमा बाकी भएका सहकारी पनि आईसीयुमा पुगेको समयमा यस सहकारीले नाफा कमाउन सफल हुनुमा सहकारीका शेयर सदस्य, ऋणी, बचत कर्ता र कर्मचारीको मेहनतका कारण सहकारीले नाफा कमाउन सफल भएको बताए ।

त्यस्तै, साधारण सभाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई दोसल्ला ओडाएर सम्मान गरी आगामी ४ बर्षीय कार्यकालका लागि सर्वसम्मत पदधिकारीहरु चयन समेत गरेको छ । जस अनुसार अध्यक्षमा पिताम्बर बस्याल, उपाध्यक्ष गौमती कार्की, सचिवमा भूपेन्द्र ज्ञवाली, कोषाध्यक्ष दधिराम पोखरेल, सदस्यहरुमा सरस्वती बस्याल, श्रीधर आचार्य, राजीव नेउपाने, देवेन्द्र नेपाल सर्वसम्मत चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समितिमा अशोक राना संयोजक र लक्ष्मी ज्ञवाली भट्राई र जगन्नाथ खनाल सदस्यमा सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ ।