• गृहपृष्ठ
  • १२खरी कथा लेखन प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रूख’ प्रथम

१२खरी कथा लेखन प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रूख’ प्रथम

Dec 24th, 2023

काठमाडौं, पुस ८

मनोजबाबु पन्तको बुढो लाँकुरीको रूख ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ को पाँचौँ संस्करणको सर्वोत्कृष्ट कथा बन्न सफल भएको छ । काठमाडौंमा आइतबार सम्पन्न विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको छ। सो कथासंग्रहमा ८ सय ४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ।

मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका हुन्। प्रथम, द्वितीय र तृतीय कथाकारहरूलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद जितेका छन् । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरस्कृत गरे ।

कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको छ।