• गृहपृष्ठ
  • आठौँ संस्करणको आईसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड

आठौँ संस्करणको आईसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड

Dec 24th, 2023

काठमाडौं, पुस ८

लिभिङ विथ आईसीटीले आयोजना गरेको आठौँ संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा सम्पन्न भएको छ । एक दर्जन बढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनौट पश्चात् विजेताहरू छनौट गर्दै अवार्ड प्रदान गरिएको हो । उक्त समारोहमा अन्तर्राष्ट्रिय अवार्डको रूपमा आयोजना भएको ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२३’ को पनि विजेता घोषणासँगै पुरस्कृत गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले समापन सम्बोधन गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका मन्त्री कृष्ण बहादुर जिसी, प्रतिनिधि सभा सदस्यहरू, पूर्व मन्त्री र सचिवहरू, सरकारी र निजी क्षेत्रका विशिष्ट व्यक्तिहरुले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए । 

यी हुन् आईसीटी अवार्ड २०२३ का विजेताहरू 

  • इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड: यार्सा टेक प्रालि
  • प्रडक्ट आईसीटी अवार्ड: क्विक आरपीए
  • राइजिङ स्टार आईसीटी अवार्ड: ब्ल्यांकसर
  • हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड : मनिमित्र
  • एनसेल वुमन आइकन आईसीटी अवार्ड: सुनैना घिमिरे पाण्डे
  • पायोनियर आईसीटी अवार्ड: बालकृष्ण जोशी 
  • आन्टरप्रेनर आईसीटी अवार्ड: अनुप शेरचन
  • नेपाली डायस्पोरा आईसीटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर
  • डिजिटल गभर्नेन्स आईसीटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड
  • डिजिटल सर्भिसेस आईसीटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित
  • डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ
  • साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड: भुटानको समूह मिडियाटेक
  • सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) :  ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस