• गृहपृष्ठ
  • टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

Dec 23rd, 2023

ललितपुर, पुस ७
टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १६ औं साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा राष्ट्रिय सहकारी बैक लिका सञ्चालक तथा ललितपुर जिल्ला बचत संध लि का अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता शरद रानामगरले गरेका थिए ।

साधारण सभाले आफ्नो ४ बर्षिय कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु चयन गरेको छ । पदाधिकारीहरुमा अध्यक्ष राजकुमार महर्जन, उपाध्यक्ष मधु श्रेष्ठ, कोषाध्यक्ष शर्मिला के.सी., सहकोषाध्यक्ष देवकी विष्ट, सचिव प्रभात बुढायोकी, सह सचिव विष्णु भक्त राई, सदस्यहरुमा केदार रिजाल, निर्मला रानामगर र शुसिल रानामगर लगायत लेखा समितिमा राजेश खत्री र विष्णु बस्नेत निर्वाचित भएका छन् । सस्थाले उत्कृष्ट शेयरधनी शर्मिला विष्ट खड्का, बचत कर्ता दिक्षा के. सी. र उत्कृष्ट ऋणी रामशरण विष्ट लाई सम्मान गरेको थियो ।

त्यस्तै, संस्थाको १६ औं साधारण सभामा स्थापना कालदेखि सहयोग पु¥याउदै आएका सल्लाहकार सदस्यहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो ।