• गृहपृष्ठ
  • महेश आचार्य कृषि विकास बैंक लि.संचालक समितिको सदस्यमा नियूक्त

महेश आचार्य कृषि विकास बैंक लि.संचालक समितिको सदस्यमा नियूक्त

Dec 22nd, 2023

काठमाडौं, पुस ६
नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन हुनु भएको छ । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग , बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेत को उपस्थिती रहेको थियो ।