कविताः वीर पुत्र हु म वीरताको………………

Dec 21st, 2023

वीर पुत्र हु म वीरताको इतिहास छ
यी हिमाली ठाउँहरूले पानीको मूल फुटाउँछ
यो माया हो मुस्कुराउँछ मनको माया सम्झी
यो आकाश यो धर्ती भए मेरा साथी
 
सम्झियौ खुसी लाग्छ सम्झने मन सम्झिरहन्छ
तिर्खा लाग्यो प्यास मेटाउन मूलको पानी खानु छ
चारैतिर घेरा गरेको छ यहाँ फूलकी रानी
बोल्न गाह्रो हुन्छ मलाई मनको माया सम्झी
 
देशको मायाले मलाई सताइरहन्छ
मैले कति माया गर्छु तौलन गाह्रो छ 
कसैले पनि सक्दैनन् बल छ धेरै मेरो
जति गर्नु गरिसके अब केही कुरा छैन मेरो
 
यो मेरो छातीमा मैले देशलाई बोकेको छु
नेपाल आमा छाया देऊ शीतल माया पोख्छु
सगरमाथाको देश भनेर सबैले चिन्नुपर्छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी