• गृहपृष्ठ
  • मित्रमिलन सहकारीविरुद्ध साढे ७ सयले दिए जाहेरी

मित्रमिलन सहकारीविरुद्ध साढे ७ सयले दिए जाहेरी

Dec 19th, 2023

पोखराको मित्रमिलन सहकारीमा रकम अपचलन भएको थाहा पाएपछि प्रहरीले जाहेरी दिन पीडितसँग आग्रह गरेको छ । केही वचतकर्ताले पहिले नै ठगी भएको भनेर उजुरी दिएका थिए । त्यसकै आधारमा सहकारी रजिष्ट्रारको कार्यालय अनुसन्धान पनि थालेको थियो । अनुसन्धानका क्रममा धेरै बचतकर्ता ठगिएको पाइएपछि उक्त फाइल प्रहरीलाई पठाइयो । प्रहरीले मंसिर २७ गतेसम्म उजुरी दिन सूचना निकाल्यो ।

यो अवधीमा साढे ७ सय जनाले जाहेरी दिएका छन् । ७ सय ४४ जनाको जाहेरी परेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार २० करोड भन्दा बढी रकम दावी गरिएको छ । 

ठगी प्रकरणमा हालसम्म ५ जना पक्राउ परिसकेका छन् । अध्यक्ष रमण पौडेल, कार्यकारी निर्देशक किरण अधिकारी, गोपाल खना, बुद्धिसागर पौडेल र राजु बराल पक्राउ परेका हुन् । 

घटनामा ३० जना भन्दा बढीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । अध्यक्ष पौडेल र प्रबन्धकले दर्जनौं नक्कली खाता र नक्कली युजर आइडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको जाहेरवालाको आरोप छ ।