• गृहपृष्ठ
  • गठबन्धन सरकार अर्थतन्त्र सुधारमा उदासिन

गठबन्धन सरकार अर्थतन्त्र सुधारमा उदासिन

Dec 17th, 2023

ललितपुर, पुस १

पूर्व स्वास्थ मन्त्री शेरबहादुर तामाङ्ले सिंगो नेपाललाई औधोगिक ग्राम बनाएर घरघरमा उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा पठाउँदा मात्रै नेपालको विकास हुने बताउनु भएको छ । शनिबार नेपाल उद्योग तथा व्यवासायी महासंघको नगरभेला तथा गठनको अवसरमा नेकपा एमालेका स्थाई कमिटि सदस्य तथा ललितपुर इन्चार्ज तामाङले उत्पादन नबढ्दा मुलुकको अर्थतन्त्रको विकास हुन नसकेर धराशयी बनिरहेको बताउनु भयो । उत्पादनमुलक थलोको रुपमा विकास हुन जरुरी रहेको उहाँको भनाई थियो । नेताहरु कानुन बनाउन डराउँछन्, के खान राजनीति गरेको उहाँले प्रतिप्रश्न गर्नुभयो ।

नेकपा एमालेको बहुमत सरकारको जरुरी रहेको बताउदै उहाँले सिंगो मुलुकको अर्थतन्त्र विकासका लागि उद्योगी व्यवासायीसँग पार्टीभित्र बहस छलफल गरेर नयाँ नीति बनाउन आवश्यक रहेकोसमेत उहाँले उल्लेख गर्नुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव भागीरथी सापकोटाले व्यक्ति बलियो नभई मुलुकको आर्थिक अवस्था बलियो नहुँने भन्दैं उहाँले यस्तै अवस्था रहेसम्म राष्ट्र र राष्ट्रियता बचाउन हम्मे पर्ने बताउनु भयो । पूर्व संघिय सांसद नवराज शिलवालले सरकारले खर्च गर्नसक्ने क्षमतालाई बढाउन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो । नेकपा एमाले बागमती प्रदेशका सचिवसमेत रहनु भएका सिलवालले आर्थिक ढंगले सबल बनाउने गरी पूर्वाधार बनाउन पहल गर्न आग्रह गर्नुभयो । नेकपा एमाले जिल्ला कमिति ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमालेको सरकार मूल्यबृद्धी कम भए पनि गठबन्धन सरकारले मूल्यबृद्धीलाई घटाउन नसकेको आरोप लगाउनु भयो ।

उहाँले देशभित्रका समस्या पहिचान गरी समृद्ध बनाउन एमाले तत्पर रहेको बताउनु भयो । उक्त अवसरमा महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठले नगरभित्रका व्यवसायीका समस्यालाई उजागर गर्दै व्यावसायलाई ब«ाण्डिङ गर्ने प्रवद्र्धन गर्ने, समस्या समाधार पहलका लागि कमिटि गठन गरेको बताउनु भयो । सो अवसरमा महालक्ष्मी नगर कमिटि ढाका कपडा व्यवसायी पवन श्रेष्ठको अध्यक्षतामा २१ सदस्यिय कमिटि गठन गरिएको थियो । नेकपा एमाले महालक्ष्मी नगरपालिकाका सचिवालय सदस्य विपिन कार्कीले संचालन गर्नुभएको कार्यक्रममा ललितपुर क्षेत्र नं २ का संघिय सांसद प्रेमबहादुर महर्जन, प्रदेश सांसद तथा बागमती प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, नेकपा एमाले स्थाई कमिटि सदस्य तथा महालक्ष्मी नगर इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, स्थानिय व्यवसायी, यूवा संघ, अनेमसंघ, खेलकुद महासंघ, स्थानिय जनप्रतिनिधि, राजनीतिकर्मीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।