• गृहपृष्ठ
  • ज्योति साहित्य प्रतिष्ठानकाे २०५ औँ शृङ्खला

ज्योति साहित्य प्रतिष्ठानकाे २०५ औँ शृङ्खला

Dec 16th, 2023

ललितपुर, मंसिर ३०

ज्योति साहित्य प्रतिष्ठानले साहित्यीक स्रष्टाहरुलाई ज्योति साहित्य सम्मान अर्पण गरेको छ ।
प्रतिष्ठानको २०५ औँ शृङ्खलामा आज एक कार्यक्रमको आयोजना गरी साहित्य तथा कला एवं संस्कृतिलाई समृद्ध र लोकप्रिय बनाउन गरिएको योगदानको कदर स्वरुप उक्त सम्मान गरिएको हो ।
कार्यक्रममा साहित्यीक स्रष्टा बियोगी बुढाथोकी र किशोर पहाडीलाई ‘ज्योति साहित्य सम्मान’ का साथै कवियत्री सुनिता अधिकारीलाई ‘आजीवन सदस्यता साहित्य सम्मान’ अर्पण गरिएको छ ।

विश्व कवि तुलसी दिवसले ‘बाटो’ कविता वाचन गरी कविता आफैमा सुन्न र सुनाउनुमा ठूलो प्राप्ति रहेको बताउँदै मानिसले जीवनमा चाहेका कुरा यर्थाथमा कहिलै प्राप्ती नहुने र जसरी बाटो हिड्दा कहिले उकालो त कहिले ओरालो आउने गर्छ हो त्यसै तवरको भोगाइ भोग्नुपर्ने मत व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले ‘यात्रा र जीवन’ नामक कविता वाचन गरी आफ्ना संस्थाका उज्जवल प्रतिभाका कामलाई सम्मान गर्न पाएकोमा निकै खुशी भएकाे बताए ।