• गृहपृष्ठ
  • ललितपुको टुटेपानी चोकमा ‘राज्यको अर्थ ब्यवस्थामा नागरिकको अवस्था’ बिषयक अन्तरक्रिया

ललितपुको टुटेपानी चोकमा ‘राज्यको अर्थ ब्यवस्थामा नागरिकको अवस्था’ बिषयक अन्तरक्रिया

Dec 14th, 2023

ललितपुर, मंसिर २८

नागरिक पहिलो अभियान अन्र्तगत ‘राज्यको अर्थ ब्यवस्थामा नागरिकको अवस्था’ बिषयक अन्तरक्रिया भएको छ ।

उक्त कार्यक्रममा अभियनता सनोज महतले राष्ट्र प्रमुखले अर्थतन्त्र सम्बन्धी गतिलो नीति निर्माण गर्न नसकेका कारण आज कयौँ नेपाली जन रोजगारीका लागि अन्य मुलुक जान बाध्य भएका बताउँदै सोको किसिमको अवसर देशमा सिर्जना गरी नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्ने भएको भनाइ राखे ।

यसैगरी अभियनता अशोक श्रेष्ठले राज्यले डाक्टर तथा इञ्जिनियर आदि जस्ता हाइ स्केलमा काम गर्ने जनशक्तिका लागि खासै राम्रो काम नगरेको दुखेसो गरे । उनले भने, “सामाजिक सुरक्षाको पक्षमा राज्यले राम्रोसँग काम गर्ने हो भने मानिसले आउँदा पुस्ताको लागि कमाएर जोहो गर्ने परिपाटी अन्त्य भइ अर्थतन्त्रको गतिशिलता अघि बढ्ने थियो ।”
अभियनता गर्णेश लोहारले गरीबी न्यूपनिकरण गर्नका लागि कृषिमा जोड दिनु आवश्यक रहेको बताए । मुलुकको सात सय ५३ पालिकामा लुकेर रहेका सीप तथा ज्ञान र श्रमलाई मानिसले उजागर गर्ने हो भने अर्थतन्त्रको संकट अन्त्य हुँदै जाने दाबी गरे ।

अभियनता प्रशान्त सिंहले नागरीको खुबी पत्ता लगाएमा मात्र देश विकास हुने भएकोले नागरीक पहिलो आधार भएको जनकारी दिए । नेपालीले नागरिकको खुबी बुझ्न नसक्दा विदेशी मुलुकले नेपालीबाट ठूलो फाइदा लिइरहेका बताउँदै नेपाल दिनानुदिन आर्थिक रुपमा पछि पर्दै गइरहेको मत व्यक्त गरे ।

द्वारिका माङ्धुम्मो धेबेले घर भित्र बिना तलब २४ औँ घण्टा काम गर्ने महिलाका लागि नागरिक पहिलो अभियानले कसरी नीति निर्माण गरी अघि बढाउनुपर्छ भन्ने कुरामा जोड दिन आवश्यक रहेको सुझाव दिइन ।

राजन सिंह भण्डारीले राज्यको शिक्षा क्षेत्रको गुणस्तर सुदृढ हुँदै जाँदा महिलाले पुरुष भन्दा उत्कृष्ठ काम गर्न सक्ने उद्धाहरण आफूले पाएको सुनाउँदै शिक्षा नीति सबल हुँदा आर्थिक पाटो गतिलो बन्दै जाने जानकारी गराए ।
बलराम अधिकारीले नागरिकलाई कसरी चेतनशील बनाउने भन्ने अभियानको आशय रहेको मत व्यक्त गर्दै मानिस आध्यात्मिक नहुँदासम्म लोभिपापी हुने भनाइ राखे ।

विनोद नेपालीले नेपालको अर्थतन्त्रको आधार कृषि रहेको बताउँदै राज्यमा सो सम्बन्धी नीति अभाव रहँदा मुलुकलाई घाटा परिरहेको गुनासो गरे ।

त्यसैगरी केशव दाहालले अहिलेका शासकले कहिले पनि नागरिकलाई पहिलो दर्जामा नराखी के त राजनीतिकलाई पहिलो प्राथमिकतामा राखे कि त पार्टीलाई पहिलो दर्जामा राखेर हिडेका आरोप लगाउँदै त्यसैले नागरिकको अधिकार पछि पर्दै जाँदा मुलुकले आर्थिक क्षेत्रमा गतिशिलता हासिल गर्न नसकेको बिचार व्यक्त गरे ।