• गृहपृष्ठ
  • भक्तपुरका सहकारीकर्मी बत्ती काट्दै तलब खान्छन्

भक्तपुरका सहकारीकर्मी बत्ती काट्दै तलब खान्छन्

Dec 14th, 2023

काठमाडौं, मंसिर २८
भक्तपुरका धेरै जसो सहकारीहरुमा व्यापक तरलता अभाव भएको छ । अधिकांस सहकारी सञ्चालक सहकारी कार्यालय बर्षौं देखि सहकारी कार्यालय आउन सकेका छैन सहकारी कार्यालय अव मसानघाट जस्तो सुनसान अवस्था देखिएको छ भने केही सहकारी खोलेता पनि कर्मचारी घाम ताप्ने र कपास लगी बत्ती काटेर बसेको पाइएको छ ।

सूर्य विनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ भन्छन् सहकारीका बचतकर्ताहरु पैसा उठाउने सहयोगका निवेदनले काम गर्न हम्मे हम्मे भएको र केही बचतकर्ताका निवेदन जिल्ला प्रशासन कार्यालय भक्तपुर पठाएकोले केही सहज भएको जानकारी गराए । कौशल्टारको नव जिवन बहुउद्देस्यीय सहकारी संस्था लि. का वचत कर्ता सिवराम श्रेष्ठ भन्छन् बैशाख देखि सहकारीका दैनिक कलेक्टर नआएकोले संका लागि सहकारी आउदा सहकारीका काउन्टर बन्द र कर्मचारी घाम र बत्ती काटेर बसेको देख्दा आफु सहकारी बाट ठगिएको बताए । खाइ नआई जम्मा गरेको रकम फिर्ता नदिएकाले दुखेसो पोखे र अर्का सूर्य लामा ५० लाख सहकारीलाई विश्वास गरी राखेको अहिले सम्म दिएन खाई नखाई सहकारीको विश्वास गरेर बचत गरेकोमा घर न घाटको बनायो ।

भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काका अनुसार भक्तपुरका सहकारीहरुमा समस्या आउनु मुख्य कारण घर जग्गामा लगानी, सरकारको नीती, सहकारी भित्र हुने गरेको संस्थागत भ्रष्टाचार गर्दा तरलता अभाव भएको बताए ।