• गृहपृष्ठ
  • ठेचाेमा जेष्ठ नागरिकलाई नि:शुल्क आँखा शिविर

ठेचाेमा जेष्ठ नागरिकलाई नि:शुल्क आँखा शिविर

Dec 14th, 2023

ललितपुर, मंसिर २८
ठेचाेमा जेष्ठ नागरिकहरूलाई नि:शुल्क आँखा स्वास्थ्य शिविर गरेकाे छ । उक्त शिविर गाेदावरी नगरपालिका वडा १२ र जेष्ठ नागरिक चाैतारीकाे आयाेजना र द फ्रेड हलाेज फाउन्डेसनकाे सहयोगमा भएकाे हाे ।

साे शिविरमा ११५ जनाले सेवा लिएकाे आयाेजकले जानकारी दिए । ११ जनाकाे आँखाकाे शल्यक्रिया गर्नुपर्ने जेष्ठ नागरिक चाैतारीका अध्यक्ष बालकृष्ण थापा मगरले बताए ।

तिलगंगा आँखा प्रतिष्ठानले नि:शुल्क अपरेशनको लागि समर्थन गरेकाेले अन्य काेहि जेष्ठ नागरिककाे आँखाकाे अपरेशन गरेनुपरेमा जेष्ठ नागरिक चाैतारीमा सम्पर्क राख्न सक्ने बालकृष्ण थापा मगरले जानकारी दिए ।