• गृहपृष्ठ
  • बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Dec 14th, 2023

काठमाडौं, मंसिर २८

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।