• गृहपृष्ठ
  • पवन प्रकृति स्कुललाई महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी

पवन प्रकृति स्कुललाई महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी

Dec 13th, 2023

ललितपुर, मंसिर २६

पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ । नगरभित्र रहेका बत्तीस विद्यालयका १४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते सुरु भई  तीन दिन सम्म चलेको थियो । प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए ।

विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए।