• गृहपृष्ठ
  • डिलाइट बहुउद्देश्यीय सहकारी संकटमा, ऋणी छत्र श्रेष्ठको बदमासी, लाखौं पैसा खाएर फरार बचत कर्ताको बिच्चली

डिलाइट बहुउद्देश्यीय सहकारी संकटमा, ऋणी छत्र श्रेष्ठको बदमासी, लाखौं पैसा खाएर फरार बचत कर्ताको बिच्चली

Dec 11th, 2023

ललितपुर, मंसिर २५

ललितपुरको जावलाखेल चोकमा केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले गुनासो गरेका छन्।  

काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारीबीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो।

डिलाइट सहकारीले श्रेष्ठलाई ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले बताएका छन्।

कानुनको धज्जी उडाउदै श्रेष्ठले विभिन्न वहाना बनाउदै लुकी छिमि हिड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रकिया अगाडी बढाउने तामाङले बताए।

सोझा सिधा सर्वसाधारणहरुको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिडेर ऋृण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाइ नछोड्ने सञ्चालक तामाङले बताए।

श्रेष्ठले ऋण लगेको प्रमाण हेर्दा ऐन नियमको धज्जी उडाएको प्रष्ट हुन्छ। श्रेष्ठले सहकारीबाट ऋृण लगेर मनपरी गर्दा समेत उनले लगेको ऋण तिरी हल्छन् की भनेर अहिलेसम्म कारबाहीको प्रकिया अगाडी नबढाएको तामाङले बताए।