• गृहपृष्ठ
  • नेपाल स्वयं सेवक संघको लुम्बिनी प्रदेश स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल स्वयं सेवक संघको लुम्बिनी प्रदेश स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न

Dec 11th, 2023

काठमाडौं, मंसिर २५

नेपाल स्वयं सेवक संघको लुम्बिनी प्रदेश स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी विकास कोषको प्रेक्षालयमा नेपाल स्वयं सेवक संघ लुम्बिनी प्रदेश संयोजक रुकैया खातुनको सभापतित्व भएको हो । यस बैठकको प्रमुख अतिथिको रुपमा नेपाल स्वयं सेवक संघ केन्द्रीय समितिका अध्यक्ष खेम राज पौडेल रहेको छ । यस कार्यक्रममा नेपाल स्वयं सेवक संघका केन्द्रीय समितिका कोषाध्यक्ष सन्दीप गुप्ता, केन्द्रीय समितिका योजना विभाग प्रमुख कृष्ण प्रसाद पाठकले भाग लिनु भएको थियो। सो बैठकमा कपिल वस्तुकी इशा खड्का, रुपन्देहीकी राधा अधिकारी, रूपन्देहीकी हेमा न्यौपाने, कपिल वस्तुकी पुष्पा (दिदी) आचार्य, कपिलवस्तुकी तारा चौधरी, प्रदेश सचिव आर टी खान, कपिलवस्तु जिल्ला फोकल पर्सन गिरीजेश चौधरी, वैज्ञानिक बन व्यवस्थापन सङ्घकी अध्यक्ष रेणु सेन, पाल्पाबाट साहित्यकार भावना खनाल र साहित्यकार गोम बहादुर के सी, र पाल्पा दोभानका श्री चक्रपाणी पौडेल, अर्घाखाँचीका अनिल गौतम, तथा रुपन्देही गैडहवाकी सीमा चौधरी तथा सुशीला चौधरी थारूले भाग लिनु भएको थियो।

यस अन्तरकृया कार्यक्रममा नेपालको समृद्दिका लागि कृषि, शिक्षा तथा पर्यटनका विषयमा अन्तरकृया भएको थियो। संघले कृषि, पर्यटन तथा शिक्षाका क्षेत्रमा नीतिगत वकालत गर्ने तथा आफ्ना पालिकाहरूमा कृषि, पर्यटन तथा शिक्षाका कृयाकलापहरूको सञ्चालन गर्न सक्रिय रहने उद्देश्यले कृषि, बन व्यवस्थापन, पर्यटनको विषयमा अन्तरकृयात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। कृषि तथा पर्यटनको विषयमा कृष्ण प्रसाद पाठकले कार्य पत्र प्रस्तुत गरेको थियो। कार्य पत्रमा आत्म निर्भर कृषि प्रणालीमा कृषि मूल्य शृङ्खलाको स्थापना गरेर ग्रामीण समुदायमा कृषिको व्यावसायिक उत्पादन कृयाकलापहरूको सञ्चालन गरी कृषि क्षेत्रको वर्तमान अकर्मण्यताको समस्याको निकाश हुने निष्कर्ष निकालिएका छन् ।

वर्तमान समयमा कृषि क्षेत्रको निर्वाहमुखी प्रतिमानलाई पेशागत व्यावसायिक व्यवस्थापनका प्रतिमानमा रूपान्तरण (Paradigm Shift) गर्न पेशागत व्यावसायिक व्यवस्थापन कम्पनीले एंकर फर्मको भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतालाई चकित गरिएको थियो। यस कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले संघको उद्देश्यमा प्रकाश पार्दै कृषि  पर्यटन तथा शिक्षा क्षेत्रमा काम गरेर जन जीविकाका क्षेत्रमा स्थानीय निकायका युवाहरूलाई परिचालन गर्ने तथा नीतिगत वकालत गर्ने तथा विविध संस्था तथ निकायहरूसँग सहकार्य गर्ने विषयहरूमा प्रकाश पार्नु भएको थियो।