• गृहपृष्ठ
  • ललितपुर महानगरद्वारा मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ बजार हटाउँदै

ललितपुर महानगरद्वारा मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ बजार हटाउँदै

Dec 10th, 2023

ललितपुर, मंसिर २४

ललितपुर महानगरले अब्यवस्थित फुटपाथ बजार हटाउँदै छ ।
महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल हटाउन शुरु गरिएको हाे ।

ललितपुर महानगरपालिका १९ का वडध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनमा सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको बताएका छन् ।

वडा कार्यालयको समन्वयमा महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी राखिएको फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गरेको छ ।

वडा १९ का वडाध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी विक्री बाहेक अन्य सबै फुटपाथमा तथा बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताए ।यसपटक भने वडा १९, वडा १२ तथा महानगर प्रहरी बलले स्थानीयको सहभागितामा ठाउँठाउँमा ब्यानर राखी, ¥यालीहरु आयोजना मंसीर २४ बाट फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे प्रचार गरेका थिए ।