• गृहपृष्ठ
  • आफ्नै सदस्यहरुबाट भाग्दै बुटवलको आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती

आफ्नै सदस्यहरुबाट भाग्दै बुटवलको आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती

Dec 9th, 2023

काठमाडौं, मंसिर २३
बुटवलका आगन्तुक बचत तथा ऋण सहकारी लि.का अध्यक्ष राजु घर्ती आफ्नै सदस्यहरु बाट करोडौं रकम बचत फिर्ता नगरी भाग्दै हिडेका छन् । बचत कर्ता नाई पेशाले कमाएको पैसा मुमराज भुसाल, एक लाख २६ हजार २ सय ७७, आगन्तुक बचत तथा ऋण सहकारीलाई विश्वास गरेर बचत गरे तर आगन्तुक सहकारीले बचत फिर्ता दिएन ।

त्यस्तै, रकम फिर्ता नपाउनेमा रिङकु कार्की २ लाख ६३ हजार, रोजना निशा ८२ हजार २ सय ३७, अजित खान ४० हजार १ सय १४, साहिन बनु २ लाख ९६ हजार ३ सय ७६, विजन थापा ९ हजार ४ सय ५३, साहिना बनु २० हजार ५४१, बसन्त बा. थापा ३५ हजार २६८, आशुतोस केशरी ३७ हजार १४५, गणेश केशरी ३९ हजार ९८८, जागेश्वर बस्याल १ लाख ५३ हजार ७४७, लक्ष्मी बस्याल ६४ हजार ९५३, प्रेम बा. परियार ३ हजार १२२, टुक बहादुर दर्जी २० हजार ५६५, मिरा पोखरेल, ५३ हजार ६५१, सालमा खातुन ५ हजार ६ सय, किरण यादव ३ हजार, सावित्रा पौडेल, १५ हजार ५२०, भानुभक्त नेउपाने ५९ लाख, ५ हजार ९५३, सुनिता पुरी २१ हजार ३५०, गिता भारती पुरी १२ हजार ३ सय १६, कविता गुरुङ १३ हजार ६५, धर्मनाथ गौड ४ हजार ४०० लगायत १२ सय जनाको रकम फिर्ता नगरी कसैलाई चेक दिइ चेक बाउन्स गरेका पिडितहरु बताउछन् ।

महानगरीय प्रहरी प्रभागका असई कपिल खड्का अनुसार राजु घर्ती र सहकारीका प्रबन्धक सिद्धार्थ पाण्डेलाई पक्राउ गरी मुद्दा चलाएको र मुद्दा अदालत गएकोले ढिलो चाडो अदातल दिलाउने विश्वास व्यक्त गरे ।