• गृहपृष्ठ
  • मौद्रिक नीतिको समीक्षा सार्वजनिक, बैंक दर र नीतिगत दर घट्यो

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, बैंक दर र नीतिगत दर घट्यो

Dec 8th, 2023

काठमाडौं, मंसिर २२

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर र नीतिगत दरहरु घटाएको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षा अनुसार बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ।

नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो।