• गृहपृष्ठ
  • रेडक्रसद्वारा जाजरकोट भूकम्पका सम्बन्धमा पत्रकार भेटघाट

रेडक्रसद्वारा जाजरकोट भूकम्पका सम्बन्धमा पत्रकार भेटघाट

Dec 5th, 2023

मंसिर १९, काठमाडौं

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा काठमाडौंमा हिजो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । नेपाल रेडक्रस सोसाइटीद्वारा जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि गत एक महिनामा गरिएका प्रतिकार्यका गतिविधिहरू, स्रोतको अवस्था र आवश्यक्ता, चुनौतीहरू र भावी कार्ययोजनाहरूका बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपश्चात् रेडक्रसले गरेका गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै हालसम्म प्रभावित परिवारहरूलाई ३ हजार ९ सय ७० थान त्रिपाल, २ हजार ७ सय ८० थान कम्बल, २ हजार ८ सय थान म्याट्रेस, ७ हजार ४ सय १५ थान डिगनिटी कीट र १ सय ३२ थान हाइजीन कीट वितरण गरिएको बताउनुभयो । यस्तै भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, बिस्तृत लेखाजोखाको सर्भेक्षणलगायतका कार्यका लागि नेपाल रेडक्रसका ३ सय ९० स्वयंसेवक परिचालन गरिएको पनि उहाँले जानकारी गराउनुभयो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा। सुदर्शनप्रसाद नेपालले सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावित समुदायलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पु¥याउन रेडक्रस तत्पर रहेको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ ९आईएफआरसी० का नेपाल प्रमुख अजमद् उल्लाले भूकम्प प्रभावितहरूको सहयोगका लागि महासंघ र यसअन्तर्गतका साझेदार राष्ट्रिय सोसाइटीहरू नेपाल रेडक्रस सोसाइटीको साथमा रहेको बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रहरूमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसले आफ्नो स्रोत र क्षमता अनुसार भूकम्प प्रभावितलाई सक्दो सहयोग पु¥याउने बताउँदै जीविकोपार्जन, खानेपानी, सरसफाइ र आवास निर्माणका क्षेत्रमा काम गर्ने बताउनुभयो । पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन समितिका संयोजक विनोदकुमार बस्नेतले सरकारका स्थानीय तहसँगको समन्वयमा भूकम्प प्रतिकार्यका गतिविधिहरु सञ्चालन भइरहेको बताउनुभयो ।