नेप्से सूचक ३ अंकले घट्यो

Dec 4th, 2023

काठमाडौं, मंसिर १८

आज सोमबार नेप्से सूचक ३ अंकले घट्दै १८ सय ४७.८१ अंकमा ओर्लिएको छ । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२ अंकले घट्दै ३५३.२१ अंकमा झरेको छ । 

आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

३ अंकले नेप्से घटेको बजारमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ ।