• गृहपृष्ठ
  • सातदाेबाटाे नेपाली जुत्ताघरको उद्घाटन

सातदाेबाटाे नेपाली जुत्ताघरको उद्घाटन

Dec 3rd, 2023

ललितपुर, मंसिर १७

नेपाली जुत्ता चप्पल उत्पादक समूहद्धारा “नेपाली उत्पादनको प्रबर्द्धन हायो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरूम सातदोबाटो नेपाली जुत्ताघरको उ‌द्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उदघाटन बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननिय रामकृष्ण चित्रकारले गरेका थिए ।

कार्यक्रममा बाेल्दै मन्त्री रामकृष्ण चित्रकारले जुत्ता उत्पादन मात्र नभएर बागमती प्रदेश औद्योगिक उत्पादन प्रदेशको रुपमा रुपान्तर हुनुपर्ने बताए । विभिन्न विषमा अरु प्रदेश भन्दा अगाडि भएको र औद्योगिक उत्पादनमा चाहिँ बागमती प्रदेश पछाडी परेको र व्यसायहरुलाई व्यवसायक गर्ने राम्रो वातावरण सृजना नभएको जानकारी दिए । उनले भने नीजी र सरकार एकआपसमा मिलेर अगाडी बढ्दा जे लक्ष्य राख्यौ त्यो पुरा हुन्छ ।

यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने सभापति कृष्ण फुयालले विश्वास लिएकाे छ ।

स्वदेशी उत्पादनलाई प्रवर्दधन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्वारा सामुहिक शोरुम अबधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौ शोरुम हो। यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उ‌द्घाटन गरिसकेको छ।

सातदोबाटो नेपाली जुत्ता घरमा वि एफ डियर हिल र वि एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि जे शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।