• गृहपृष्ठ
  • ललितपुर महानगर १४ मा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

ललितपुर महानगर १४ मा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

Dec 2nd, 2023

ललितपुर, मंसिर १७

ललितपुर महनगरपालिका वडा नं. १४ मा लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानका अवसरमा प्रभातफेरी कार्यक्रम हिजो सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. १४ काे बालअधिकार समिति र विभिन्न संघ संस्थाहरुकाे संयुक्त आयोजनामा सम्पन्न भएको लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा उक्त कार्यक्रम गरिएको हो ।

साे कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष अमृतजंग महतले लैङ्गिक हिंसा विशेष महिलाहरूमा हुने बताउँदै, म कुनै पनि हिंसा गर्दिन र सहदिन तर्सथ महिला हिंसा कम गर्न महिलाहरूलाई आर्थिक, शैक्षिक, सामाजिक र राजनीति रुपमा सक्षम बनाउन सवैले आ-आफ्नो ठाउँवाट पहल गरेपछि समाजमा महिला हिंसा अन्त्य हुने´ बिषयमा जाेडदिदै मन्तव्य राख्नु भयो ।

उक्त कार्यक्रममा विभिन्न चित्रकला प्रदर्शनी, लैङ्गिक हिंसा सम्बन्धी नाटक र याे अभियानमा एक्यवद्धता स्वरुप हस्ताक्षर संकलन गर्दै सुरु भएको कार्यक्रममा यस वडा भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, सामाजिक संघ संस्थाहरू, सामुदायिक प्रहरी, सराेकारवाल महानुभावहरु र जनप्रतिनिधिहरूकाे पहलमा याे कार्यक्रम संचालन भएको थियाे । याे कार्यक्रमकाे संयाेजन वडा सदस्य तथा बाल अधिकार समितिका संयोजक संगीता अछामीले गर्नुभएको थियो ।

यस प्रकारका कार्यक्रमहरूले समाजमा जागरूकता बढाउने र विशेष रूपमा महिलाहरू र बालबालिकाहरूलाई सुरक्षित बनाउने भएकोले याे १६ दिने अभियानकाे महत्त्व रहेको कुरा समेत याे कार्यक्रमका अवसरमा राख्नु भएको थियाे ।