• गृहपृष्ठ
  • एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

Nov 30th, 2023

काठमाडौं, मंसिर १४

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग गरेको छ । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा भूकम्पले मानवीय तथा भौतिक क्षति पु¥याएको थियो।

एशियन पेन्टस् नेपालद्वरा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग ऐकबद्धता प्रकट गरेको छ। विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।