• गृहपृष्ठ
  • भयाबह बन्दै बाल यौनदुर्व्यवहार, एक वर्षमा तीन हजार ४०३ पीडित

भयाबह बन्दै बाल यौनदुर्व्यवहार, एक वर्षमा तीन हजार ४०३ पीडित

Nov 27th, 2023

काठमाडाै १० मंसिर

बाल यौन दुव्र्यवहारका घटनाले पनि समाजलाई डरलाग्दो अवस्थातर्फ डोर्याएको छ । विगत एक वर्षमा भएका हिंसाका घटना केलाउँदा दैनिक ६ बालबालिकामाथि यौन हिंसा हुने गरेको पाइन्छ । प्रहरीको तथ्यांकअनुसार एक वर्षमा भएका तीन हजार ४०३ यौनजन्य हिंसाका पीडितमध्ये ६३.८ अर्थात् दुई हजार १७२ बालिका छन् ।जसअनुसार दैनिक ६ बालबालिकामाथि यौन हिंसा हुने गरेको छ । 

 १० वर्षभन्दा कम उमेरका तीन सय ७५ बालबालिका एक वर्षको अवधिमा यौनजन्य हिंसामा परेका छन् । त्यस्तै, ११ देखि १६ वर्ष उमेरका एक हजार तीन सय ९३ तथा  १६ देखि १८ वर्ष उमेरका चार सय चारजना रहेको प्रहरीले जनाएको छ । 

यौनहिंसाको चपेटामा बालकहरु पनि परेका छन् । एक वर्षमा ३३ जना बालक यौन हिंसाको सिकार भएका छन् । प्रहरीका अनुसारख पीडक चाँही १९ देखि २५ वर्ष उमेरका धेरै छन् । तीन हजार ६ सय ७८ पीडकमध्ये एक हजार दुई सय ४८ जना सो उमेर समूहका छन् । २६ देखि ३५ वर्ष उमेर समूहका नौ सय ४२ जना पीडक प्रहरीको तथ्यांकामा समेटिएका छन् ।

त्यसै गरी बालयौन दुव्र्यवहारका  ३४३, अप्राकृतिक मैथुनका ३५, बहुविवाहका ७२३, बालविवाहका ५२, बोक्सी आरोपका ४३, अवैध गर्भपतनका ३२, तेजाब प्रहारका तीन र जातीय छुवाछुतका २७ वटा घटना प्रहरीसमक्ष आएका छन् । ति घटनामा प्रहरीले मुद्दा दर्ता गरेको छ ।