• गृहपृष्ठ
  • भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

Nov 25th, 2023

काठमाडौं, मंसिर ९

भारतले अनुदानमा दिएका उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा आइपुगेका छन् । 

नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।

भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो ।